साउन १७ । घरेलु टिम इंग्ल्यान्ड र आयरल्याण्डबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।
घरेलु टिम इंग्ल्यान्ड एक खेल अगाबै सिरिज आफ्नो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ।
पहिलो खेलमा सहज जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा समेत त्यहिँ नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ।
पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो। र, तीन खेलको सिरिजमा १(० को अग्रता बनाएको छ। दोस्रो खेल जिते इंग्ल्यान्डले सिरिज आफ्नो बनाउनेछ।
आयरल्याण्डविरुद्ध इंग्ल्यान्डका ओपनर जोइ डेन्लीले खेल्ने छैनन्। चोटको कारण उनले बाँकी दुवै खेल गुमाउने छन्।
यता, आयरल्याण्ड दोस्रो खेल जित्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ। सिरिज जोगाउन आयरल्याण्डलाई दोस्रो खेलमा जित निकाल्नुको विकल्प छैन।
तर , बलियो टिम इंग्ल्यान्डविरुद्ध आयरल्याण्डलाई जित निकाल्न कठिन देखिएको छ। एजेन्सी


























