साउन १६ । सामसङ ग्यालेक्सी एम ३१ एस छिमेकी बजार भारतमा सार्वजनिक भएको छ। गत फेब्रुअरीमा सार्वजनिक भएको एम ३१ को अपग्रेडेड भर्सनको रुपमा कम्पनीले एम ३१ एस ल्याइएको हो।
यो फोन ग्यालेक्सी एम सिरिजको सबैभन्दा नयाँ फोन हो। यसमा पञ्च होल डिस्प्ले र क्वाड रियर क्यामेरा सेटअप रहेको छ।
डुअल नानो सिम लाग्ने यो फोन एन्ड्रोइड टेन तथा यूआई भर्सनमा आधारित रहेको छ। यसमा ६.५ इञ्चको फूल एचडी प्लस सुपर एएमओएलईडी इन्फिनिटी ओ डिस्प्ले रहेको छ।
साथै ४२० निट्सको उच्चतम ब्राइटनेस र गोरिल्ला ग्लास थ्री प्रोटेक्सन यसमा रहेको छ। प्रोसेसरको कुरा गर्दा यसमा अक्टा कोर एक्सिनस ९६११ चिपसेट रहेको छ।
यसअघिको एम ३१ र एम ३० एस मोडलमा पनि यही प्रोसेसिङ चिपसेट प्रयोग गरिएको थियो। क्यामेरा सेटअपको कुरा गर्दा यो फोनमा ६४ मेगापिक्सेलको प्राइमरी सोनी आईएमएक्स ६८२ सेन्सर राखिएको छ।
यस्तै यसमा १२ मेगापिक्सेलको सेकेण्डरी सेन्सर र १२३ डिग्रीको अल्ट्रा वाइड एंगल लेन्स पनि रहेको छ। साथै यसमा पाँच मेगापिक्सेलको डेप्थ शूटर र पाँच मेगापिक्सेलकै म्याक्रो शूटर रहेको छ।
यसको अगाडितिर ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा र पाँच मेगापिक्सेलको म्याक्रो शूटर रहेको छ। यो फोनको क्यामेरा सेन्सरले फोर के भिडियो समेत रेकर्डिङ गर्न सक्छ।
यसमा स्लो मो भिडियो, एआर डुअल र एआर इमोजी जस्ता फिचर पनि समावेश छन्। यो फोनमा १२८ जीबीको अनबोर्ड स्टोरेज छ।
जसलाई माइक्रो एसडी कार्डबाट अझै धेरै बढाउन सकिन्छ। यसको कनेक्टिभिटी अप्सनको कुरा गर्दा यसमा फोरजी भीओएलटीई, वाईफाई ८०२.११ एसी, ब्लूटूथ भी ५.०, जीपीएसरए जीपीएस, यूएसबी टाइप सी र ३.५ एमएमको हेडफोन ज्याक रहेका छन्।
फिंगरप्रिन्ट सेन्सर समेत रहेको यो फोनमा ६ हजार एमएएचको ब्याट्री र २५ वाटको फास्ट चार्जर रहेको छ। फोनको मोटाई भने ९.३ एमएम रहेको छ।
दुई भेरियन्टमा उपलब्ध यो फोनमा छ जीबी भेरियन्ट र्यामको मूल्य १९, ४९९ भारु रहेको छ भने आठ जीबी भेरियन्टको मूल्य २१, ४९९ भारु रहेको छ। मिराज ब्ल्याक र मिराज ब्ल्यू रंगमा उपलब्ध यो फोन नेपालमा भने नआउने सामसङ नेपालले बताएको छ।


























