काठमाडौं, साउन ११ । सत्तारुढ नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठले राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी सरकार र न्यायापालिकाबाट भएका व्यवहारप्रति आक्रोश पोखेका छन्।
सामाजिक संजाल फेसबुमा आइतबार उनले लेखेका छन, ‘के हुँदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैँछ ? बास र छाक टार्ने समस्याबाट पीडीत गरीब चेपाङ युवाको हत्या सम्वेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढंगले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ ?
उनले अगाडि भनेका छन, ‘हद भयो ,असह्य भयो। न्याय स्थापित होस् र दोषीमाथि कारवाही होस्।’
उनले राज्यका अंगहरुलाई लोकतन्त्रअनुरुप पुनसंरचना गर्नुपर्ने पनि औंल्याएका छन्। उनले लेखेका छन्, ‘यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अंगहरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारत अभ्यास गरौं र विकास गरौं।’
यस्ता क्रियाकलापले जनतामा आक्रोश जन्माउनसक्ने उनले चेतावनी पनि दिएका छन्। ‘अन्यथा निरासा, आक्रोश, अनिश्चय र तरलता को परिणाम के होला रु’ प्रश्न गर्दे उनले भनेका छन, ‘समयमै सबैले सोचौं। परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न।’


























