साउन १० । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि उचालेको छ।
शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो।
पीएसजीको जितमा नेयमारले विजयी गोल गरे। उनले खेलको १४ औं मिनेटमा गरेको गोल पीएसजीलाई उपाधिका लागि पर्याप्त बन्यो।
३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि इटियेन १० खेलाडीमा सिमित बनेको थियो।
केलियन एम्बाप्पेमाथि गरिएको खराब ट्याकलका कारण उनलाई रातो कार्ड देखाईएको थियो। पहिलो चोटमै चोट बोकेका एम्बाप्पे आँशु झार्दै मैदान छाडेका थिए।
एम्बाप्पेको चोटले च्याम्पियन्स लिगमा अर्को महिना क्वार्टरफाईनलको खेलमा एटलान्टासंग खेल्न लागेको पीएसजीलाई चिन्ता थपेको छ।
८१ हजार दर्शक क्षमताको स्टेड डी फ्रान्स रंगशालामा ५ हजार दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो। तर मात्र २८ सय ५ जना दर्शक रंगशाला आएका थिए।
जसमा अधिकांश रंगशालाको भाग खाली देखिएको थियो।
कोरोनाले फुटबल सिजन स्थगित भएपछि चार महिनापछि पहिलो पटक औपचारिक रुपमा फ्रान्सेली फुटबल सुरु भएको हो।
पीएसजीले गत सिजन पेनाल्टी सुटआउटमा फ्रेन्च कपको उपाधि उचालेको थियो।
मार्च ११ मा च्याम्पियन्स लिगको दोस्रो लेगमा बोरुसिया डर्टमण्डसंग खेलेपछि पीएसजीले खेल्न पाएको थिएन। एजेन्सी


























