गोरखा, साउन १० । पहिरोले गोरखाको नौलीखोला थुनिएको छ।
धार्चे गाउँपालिका-७, लापुस्थित चिङ्गारनजिकै पहिरोले खोला थुनिएको बताइएको छ। खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा परेका छन्।
जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको स्थानीइ प्रशासनले जनाएको छ।
बुढीगण्डकीको सहायक नौलीखोला थुनिएपछि प्रशासनले तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनार आसपासका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ।
Facebook Comments


























