काठमाडौं, साउन २ । राजधानीको तार्केश्वर नगरपालिकामा बिहीबार मध्यरात चोरी गर्न आएको भन्दै स्थानीयबाट कुटपिट हुँदा एक जनाको ज्यान गएको छ। तार्केश्वर–५ गोलढुङ्गामा होहल्ला गर्न थालेपछि स्थानीयले २ जना पुरुषलाई लखेटेका थिए।
चोर आएको भन्दै हल्ला भएपछि मानिसहरु जम्मा भएर उनीहरुलाई नियन्त्रणमा लिई कुटपिट भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो।
रसुवाकै दोर्जे तामाङ घाइते भएका छन्। प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
काठमाडौँ प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले चोरी गर्न आएका थिए की थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको र स्थानीय दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
Facebook Comments


























