चितवन, साउन २ । चिकित्सक संघ चितवनको अध्यक्षमा डा. लोकबहादुर सेढाई चयन भएका छन्।
संघको बिहीबार भएको अधिवेशनले सेढाईको नेतृत्वमा तीन बर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।
संघको बरिष्ठ उपाध्यक्षमा डा. भारतीदेवी शर्मा, उपाध्यक्ष डा. गुरुशरण शाह, सचिवमा डा. सूर्यप्रकाश सापकोटा, कोषाध्यक्षमा डा. मनोज कँडेल, सहसचिवमा डा. महेन्द्र अग्रहरी, सहकोषाध्यक्षमा डा.अनिल चौधरी चयन भएका छन्।
यस्तै सदस्यहरुमा डा. रोहन झा, डा. पल्लभराज पौडेल, डा. शिव कँडेल, डा. विवेक कँडेल, डा. किरण देवकोटा, डा. प्रजिना भण्डारी चयन भएको निवर्तमान अध्यक्ष डा. प्रकाश खतिवडाले जानकारी दिए।
Facebook Comments


























