साउन १ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेलाई हराएको छ।
बिहिबार राति एट्लेटिकोले घरेलु टोली गेटाफेमाथि २–० को जित निकालेको हो।
पछिल्लो जितले एट्लेटिकोले तेस्रो स्थानमा रहदै लिग सक्ने सम्भावना प्रवल बनाएको छ।
५४ औं मिनेटमा मार्कोस लोरेन्टले एट्लेटिकोलाई अग्ता दिलाएका थिए। ८० औ. मिनेटमा थोमसले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरेका थिए।
खेलको अन्तिम मिनेटमा एलन न्योम रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली गेटाफे १० खेलाडीमा सिमित बनेको थियो।
एट्लेटिको ६९ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ। गेटाफे ५४ अंक सहित सातौं स्थानमा छ। एजेन्सी
Facebook Comments


























