काठमाडौं, असार २९ । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आफ्नो पार्टीले एमसिसीबारे कुनै निर्णय गरिनसकेको बताएका छन्। आज ट्विट गर्दै उनले यसबारे पार्टीले कुनै आधारिक धारणा सार्वजनिक नगरेको दाबी गरेका हुन्।
एमसिसीबारे जनता समाजवादी पार्टीको निर्णय भनेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा आएका कुरा भ्रामक मात्र रहेको उनले स्पष्ट पारेका छन्।
‘एमसिसीबारे जनता समाजवादी पार्टीले कुनै निर्णय गरिसकेको छैन। पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन’, उनले भनेका छन्, ‘पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन। पार्टीको निर्णय भनी एमसिसीबारे केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्वारा प्रचार गरिनु भ्रामक र गलत हुन्।’
यसअघि विचाराधीन रहेको एमसिसी संशोधन नगरी पास गर्न नहुने निर्णय जसपाले गरेको भन्ने समाचार आएको थियो।


























