असार २९ । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको प्रतिबन्धको सुनुवाई आज (सोमबार) हुँदैछ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्धको सुनुवाई सोमबार गर्न लागेको हो।
युरोपियन फुटबल महासंघले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो।
यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरो समेत जरिवाना गरिएको थियो।
प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो।
कासले सिटीको २ वर्षे प्रतिबन्ध र जरिवाना मध्ये एक फुकुवा गर्न सकने बताईएको छ। एजेन्सी
Facebook Comments


























