काठमाडौं, असार २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दै नबसी चौथो पटक स्थगित भएको छ।
पार्टीका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्ला एक्लै छलफलमा जुटेको र सहमति कायम गर्न भन्दै चौथो पटक बैठक स्थगित गरिएको हो।
प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ।
Facebook Comments


























