काठमाडौं, असार २० । म्यासेजिङ एप ह्वाट्सएपले आगामी हप्तामा केही नयाँ फिचर रोलआउट गर्ने घोषणा गरेको छ। ह्वाट्सएपले एनिमेटेड स्टीकर, क्युआर कोड तथा डार्क मोडको सुविधा ल्याउने घोषणा गरेको हो।
ह्वाट्सएपको एनिमेटेड स्टिकरको फिचरबाट अरुलाई एनिमेटेड स्टीकरहरु पठाउन सकिने छ। अन्य केही म्यासेजिङ एपमा एनिमेटेड स्टिकरहरु लोकप्रिय छन्।
त्यस्तै अर्को फिचर भनेको डार्क मोड हो। यो फिचर डेक्स्टप भर्सनमा उपलब्ध हुनेछ। त्यसैगरी ह्वाट्सएपमा आउन लागेको अर्को फिचर हो क्यु आर कोड।
क्युआरकोडको सहयोगले ह्वाट्सएपमा अरुलाई जोड्नको लागि नम्बर इन्ट्री गर्नुको सोटो क्युआर कोड स्क्यान गरे पुग्नेछ। यसको लागि प्रत्येक अकाउन्टको लागि क्युआर कोड उपलब्ध हुनेछ।
ह्वाट्सएपले ग्रुप भिडियो कल गर्दा सहभागीको भिडियो प्रेस गरेर होल्ड गर्न सकिने सुविधा पनि ल्याउन लागेको छ।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











