कास्की, असार २० । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना देखिएको छ। कास्कीमा ४ र गोरखामा ५ गरि थप ९ जनामा कोरोना पुष्टि भएको हो।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ९ जनामा संक्रण देखिएको पुष्टि गरेका छन्।
गोरखा जिल्ला, पालुङटार नगरपालिका–७ का वर्ष ४४ का गोरखा अस्पतालमा आज मृत्यु भएका व्यक्तिको शव ब्यबस्थापनको तयारी भैरहेको शर्माले बताएका छन्।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ।
Facebook Comments


























