काठमाडौं, असार १५ । नेपालको सबैभन्दा ठूलो ईकमर्श प्लेटफर्म दराज नेपालले अनलाइन भुक्तानी लिन सुरु गरेको छ। अनलाइन अर्डरमा विभिन्न सामग्रीको डेलिभरी सेवा दिँदै आएको दराजबाट सामान खरिद गर्दा अबदेखि ईसेवाबाट भुक्तानी गर्न सकिने भएको हो।
यस अघि दराजको सामान अर्डरमा कार्ड तथा नगद भुक्तानी मात्र विकल्पको रुपमा रहेको थियो। दराज र ईसेवाको सहकार्य सुरु भएसँगै अब दराजको एप तथा वेबसाइटबाट सामान अर्डर गर्दा भुक्तानीको विकल्पमा ईसेवा समेत देखिनेछ।
दराजले क्रमशः अन्य डिजिटल भुक्तानी सेवाप्रदायकलाई समेत आफ्नो प्रणालीमा आवद्ध गर्दै लैजाने बताएको छ। अन्य ईकमर्श साइटहरुले यस अघि नै अनलाइन भुक्तानी स्वीकार गर्न थालेको भए पनि दराजले भने भर्खर आएर मात्र यसको थालनी गरेको हो।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








