काठमाडौं, असार ८ । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले निजी विद्यालय सञ्चालकहरूलाई कुनै पनि शीर्षकमा शुल्क नउठाउन चेतावनी दिएको छ। निजी विद्यालय सञ्चालकहरूको संस्था नेशनल प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति निकालेर लकडाउन अवधिमा पनि विद्यार्थीलाई पढाएकोले शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेको थियो।
अनेरास्ववियुले सोमबार एक विज्ञप्ति जारी गरेर निजी विद्यालय सञ्चालकको निर्णय अव्यवहारिक भएको र यसलाई तत्कालै फिर्ता लिन आग्रह समेत गरेको छ।
‘कोरोना कहरको त्रासदि, अभिभावकको विकराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेका बेला जारी गरिएको अपिललाई अवज्ञा गर्न अनेरास्ववियु आम अभिभावक र विद्यार्थीलाई आव्हान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

Facebook Comments


























