असार ८ । अष्ट्रेलियामा आयोजना भएको आईसीसी टी-ट्वान्टी महिला विश्वकप क्रिकेट प्रतियोगिता महिला क्रिकेटकै सर्वाधिक हेरिएको प्रतियोगिता भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार अष्ट्रेलियाको विश्वकप महिला क्रिकेट इतिहासकै सर्वाधिक धेरै हेरिएको प्रतियोगिता भएको जनाएको छ।
आईसीसीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१८ को विश्वकप भन्दा १ सय ३१ प्रतिशतले दर्शक बढेको जनाएको छ।
विभिन्न स्पोर्ट्स च्यानलबाट लाईभ र आईसीसीको विभिन्न डिजिटल च्यानलबाट १.१ विलियन दर्शकले प्रतियोगिता हेरेको जनाएको छ।
प्रतियोगिताको फाइनल मात्र ५३ मिलियन दर्शकले हेरेको आईसीसीले जनाएको छ।
गत फेब्रुवरी २१ बाट मार्च ८ सम्म आयोजना भएको प्रतियोगिताको उपाधि घरेलु टोलीले जितेको थियो।
फाइनलमा अष्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो। एजेन्सी
Facebook Comments


























