पाल्पा, असार ८ । रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए। मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो।
खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताए।
Facebook Comments


























