जेष्ठ २८ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले टिमको सहायक प्रशिक्षकमा जाउन्मा लिलोलाई नियुक्त गरेको छ।
सिटीले मंगलबार पेप ग्वार्डीवालाको सहायकको रुपमा लिलोलाई नियुक्त गरेको हो।
मिकेल अर्टेटाले क्लब छाडेपछि सिटीले लिलोलाई नियुक्त गरेको हो। अर्टेटा अहिले आर्सनलका मुख्य प्रशिक्षक रहेका छन्।
५४ वर्षे स्पेनिस प्रशिक्षक लिलोले स्पेनिस लिगबाट कोचिङ करियर सुरुवात गरेका थिए।
उनले चिनियाँ क्लब हुवानघाइलाई चाईनिज लिग वानको उपाधि दिलाएर सुपर लिगमा पुर्राएका थिए।
ुम्यानचेस्टर सिटीको कोचिङ स्टाफ बन्न पाउनु खुशीको कुरा हो र क्लबको सफलतामा योगदान पुर्याउन सफल हुनेमा आशा गरेको छु,ु लिलोले भने। एजेन्सी
Facebook Comments


























