काठमाण्डौं, माघ १७ । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता तिरेको छ।
नेपाल एयरलाइन्सका अनुसार दुईओटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी जम्मा एक अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ भुक्तानी गरेको छ।
अघिल्लो आर्थिक वर्षसम्मको किस्ता तिर्न नसकेपछि ब्याजलाई स्याजमा परिणत गरेका यी निकायको पुसको किस्ता तिर्न भने नेपाल एयरलाइन्स सफल भएको हो।
नेपाल एयरलाइन्सले जहाज किन्दा लागेको ऋणको किस्ता हरेक तीनरतीन महिनामा भुक्तानी गर्नुपर्छ।
Facebook Comments


























