काठमाडौं, जेष्ठ २८ । विनियोजन विधेयक ०७७ बहुमतले पारित भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाल प्रस्तुत गरेको विनियोजन विधेयक बुधबार बहुमतले पारित गरेको हो।
खर्च कटौतीसम्बन्धी प्रस्तावहरू बहुमतले अस्विकृत भएपछि सभामुख अग्नि सापकोटाले विनियोजन विधेयक, ०७७ प्रस्तुत गर्नका लागि अर्थमन्त्री खतिवडालाई समय दिएका थिए। अर्थमन्त्री खतिवडाले पेस गरेको विनियोजन विधेयक, ०७७ पारित गरियोस् भन्ने प्रस्ताव सभामुख सापकोटाले निर्णयार्थ पेस गरेका थिए। संसद्को बहुमतले सो विधेयक पारित गरेको हो।
जेठ १५ गते अर्थमन्त्री खतिवडाले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष ०७७/७८ को बजेट पेस गरेका थिए। त्यसपछि विनियोजन विधेयकमाथि छलफल सुरु भएको थियो।
Facebook Comments


























