कालीकोट, जेष्ठ २८ । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ। करीब ३९ जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो।
टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए। उनका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र केही घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ। टिपर चालक फरार रहेको जनाइएको छ।
सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको हो। ना ८ ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा पर्ने कर्णाली नदीमा खसेको थियो।
बुधबार बिहान भारतीय सीमानाकाबाट स्वदेश फर्किएका ३९ जना यात्रु लिएर क्वारेन्टिन जाँदै गरेको टिपर कर्णालीमा खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे जानकारी दिए। रासस


























