जेष्ठ २१ । ठुला प्रतियोगितामा लागेको चार वर्षे प्रतिबन्धविरुद्ध रुसले गरेको अपीलको सुनुवाई नोभेम्बरमा हुने भएको छ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) ले रुसको अपीलको सुनुवाई नोभेम्बरमा हुने जनाएको छ।
कासले सुनुवाई नोभेम्बरको २(५ मा हुने जनाएको छ। यस अघि सुनुवाई जुलाईमा हुने बताईएको थियो।
डोपिङ परिक्षणमा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसलाई मुख्य खेल प्रतियोगितामा चार वर्षको प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्धको निर्णय सदर भएमा रुसले टोकियो ओलम्पिक, पाराओलम्पिक र सन् २०२२ मा विश्वकप फुटबल खेल्न पाउने छैनन्।
तर,डोपिङबाट मुक्त रहेका खेलाडीले स्वतन्त्र झण्डा मुनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन्।
पछिल्लो समय रुसका खेलाडी डोपिङमा असफल हुँदै आईरहेका छन्।
डोपिङमा असफल भएकै कारण एथ्लेटिक्सको सर्बोच्च निकाय इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटिक्स फेडेरेशन (आइएएएफ) ले रसियन एथलेटिक्स खेलाडीमाथि सन् २०१५ बाट प्रतिबन्ध गरेको छ। एजेन्सी


























