पश्चिम रुकुम, जेष्ठ २१ । पश्चिम रुकुममा वडाध्यक्षसहितको टोलीले प्रहरी चौकी तोडफोड गरेको छ।
मदिरा सेवनगरि गएका वडाध्यक्षसहितको टोलीले पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा तोडफोड गरेको हो।
मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले प्रहरी चौकी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी ठगबहादुर केसीले जानकारी दिए।
वडाध्यक्ष केसीले मदिरा सेवन गरी प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरे लगत्तै चौकी तोडफोड गरेको प्रहरीले जनाएको छ।
आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ।
Facebook Comments


























