काठमाडौं, जेष्ठ २१ । सरकारले कर बुझाउने समयसीमा थप गरेको छ। आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो।
विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो। लकडाउनले व्यवसाय चौपट भएका बेला सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो।
यसअघि जेठ २५ गतेसम्म कर नबुझाए जरिवाना लाग्ने सूचना जारी गरेको आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर बुझाउने समय थपेको हो। आजै अर्थ मन्त्रालयमा व्यवसायीहरुसँग भएको छलफलपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो।
चौतर्फी आलोचनापछि विभागले अर्को सूचना जारी गरेको हो। कर तिर्ने समय नथपे भद्र अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए।
त्यसपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो।



























