काठमाडौं, जेष्ठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ। शनिबार पार्टी कार्यलयमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार ट्वीटरमा जानकारी दिएका छन्। उनले ट्वीरमा लेखेका छन्–‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ।’
गत जेठ २ गते सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा भारतीय पक्षले कब्जा गरेको नेपाली भूमि समावेश गरी नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा जारी गर्ने उल्लेख गरिएको थियो। सोही नीति तथा कार्यक्रम अनुसार गत जेठ ५ मा बसेको मन्त्रिपरिषद्को बैठककले नयाँ नक्सा सार्वजनिक गर्ने प्रस्ताव पारित गरेको थियो।
मन्त्रिपरिषद्को निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै नेपालको नयाँ नक्सा जारी गरेकी थिइन्। जसलाई जेठ ९ गते राजपत्रमा समेत प्रकाशित गरिएको थियो। नयाँ नक्सा जारी भएसँगै नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिवर्तन गर्न जेठ ९ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेकी थिइन्।
यसअघि गत आइतबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि संविधान संशोधनमा समर्थन गर्ने निष्कर्ष निकालेको थियो। तर अन्तिम निर्णय पार्टीको केन्द्रीय समितिले गर्ने जनाएको थियो।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











