जेष्ठ ५ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वभर निम्त्याएको जोखिमका कारण बीचैमा रोकिएको इंग्लिस प्रिमियर लिग पुनरागम नजिक पुगेको छ।
मार्च दोस्रो साताबाट रोकिएको लिग फेरि सञ्चालन गर्न प्रिमयर लिग र क्लबहरु लागि परेका छन्। त्यसका लागि आज प्रिमियर लिगका क्लबहरुबीच सामुहीक अभ्यास र मेडिकल प्रोटोकलका लागि भोटिङ हुँदैछ।
प्रिमियर लिग क्लबहरुले यसै हप्तादेखि सानो-सानो समुह बनाएर अभ्यास गर्ने तयारी गरिरहेका छन्। मंगलबारदेखि पाँच जना खेलाडी एकै ठाउँमा भेला भएर अभ्यास गर्न मिल्ने प्रिमियर लिगले जनाएको थियो।
२० क्लब मध्ये १४ क्लब अहिलेको मेडिकल प्रोटोकलमा सहमती नजिक रहेको जनाइएको छ। जुन १२ देखि प्रिमियर लिग सूचारु गर्ने तयारी गरिए पनि अहिले त्यो मितिमा लिग शुरू हुने सम्भावना कम रहेको बीबीसीले जनाएको छ।
बेलायत सरकारले अघिल्लो हप्तामात्रै इलिस स्पोट्सलाई बन्द रंगशालामा खेलकुद गतिविधि गर्न अनुमती दिएको हो।


























