काभ्रे, जेष्ठ । कोरोनाबाट मृत्यु भएकी सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अरु सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
सिन्धुपाल्चोक–९ की २९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीसहित परवारका सदस्यहरुको नमुना संकलन भएको थियो।
नतिजा नेगेटिभ आएसँगै १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको छ।
श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रविसे–९ निवासी ती सुत्केरीको २ दिनअघि मृत्यु भएको थियो।
Facebook Comments


























