काठमाडौं, जेष्ठ १ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल-भारत सीमानाकामा अलपत्र नेपालीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन्। यसको लागि केन्द्र सरकारले बजेट छुट्याउनुपर्ने, प्रदेशले यातायात प्रबन्ध गर्नुपर्ने र स्थानीयले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।
भारतमा रेल सेवा सुरु भएपछि भारत सरकारले नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडेपछि विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन्। विहीबार ट्वीट सन्देशमा प्रवक्ता शर्माले लेखेका छन्, ‘भारत सरकारले सीमामा ल्याएका, ल्याइरहेका नेपालीलाई ब्यवस्थित प्रवेश, क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन देशले तिब्रता तर बुद्धिमतासाथ कार्य गर्न जरुरी छ।’
उता प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतको यो कदम विश्व स्वास्थ्य संगठनको निर्देशन/मापदण्ड विपरित रहेको बताएका छन्। उनले संक्रमितलाई असुरक्षित यात्रा गराउन नमिल्ने भन्दै पोखरेलले भारती कदममको विरोध गरेका हुन्।

























