जेष्ठ १ । चलचित्र ‘मैने प्यार किया’बाट बलिउडमा प्रवेश गरेकी नायिका भाग्यश्री यसपछि भने पर्दाबाट हराइन्। उनी, आफ्नै घरयासी जीवनमा नै बढी व्यस्त देखिएकी थिइन्।
तर, अब भने उनले ठूलो पर्दामा कमव्याकको तयारी गरेकी छिन्। एक भारतीय मिडियासँग कुरा गर्दै भाग्यश्रीले २ वटा कथा पढिरहेको बताएकी छिन्। उनले भनेकी छिन्–‘हो, म यतिबेला २ वटा कथा पढिरहेकी छु। एउटा चलचित्र नायक प्रभाषसँग छ।’
उनले, चलचित्रको बिषयमा कुनै पनि जानकारी अहिले नै दिन नमिल्ने पनि बताएकी छिन्। तर, लक डाउन खुले लगतै एक चलचित्रको छायांकन सुरु हुने उनको तर्क छ।
भाग्यश्रीका अनुसार, उनका २ सन्तानले नै उनलाई चलचित्रमा फर्किनका लागि सुझाव दिएका थिए। भाग्यश्रीका छोरा अभिमन्यू देसाइले अभिनय गरेको चलचित्र ‘मर्दको दर्द नही होता’ टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो।
Facebook Comments


























