बैशाख १७ । लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर बुधबार गुज्रिदैछ। पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन्।
५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो क्षुद्रग्रह सन् १९९८ मा पहिलोपटक देखिएको थियो। बुधबार यो पृथ्वीबाट ३९ लाख ८ हजार ७९१ माइल्स टाढाबाट १९ हजार ४६१ माइल्स प्रति घण्टाको रफ्तारमा गुज्रनेछ। यो दुरी पृथ्वी र चन्द्रमाको दुरीभन्दा १६ गुणा बढी हो।
Facebook Comments


























