काठमाडौं, बैशाख १७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो बस्दैछ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका आन्तरिक तथा समसामयिक र कोरोना भाइरससँग सम्बन्धित विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
उनले भने, “कोरोनाभाइरसको जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले गरिरहेको कामको मूल्यांकन, भएका कमीकमजोरीहरुलाई सुधार्न सुझाव दिने र यस्तो बेला पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा छलफल हुन्छ।”
अहिलेको समयमा सत्तारुढ दल र सरकारले जे गर्नुपर्ने त्यो भन्दा नगर्नुपर्ने काममा लागेको छ, त्यसमा प्रमुख प्रतिपक्षीको भूमिकाका साथै बजेट अधिवेशन समयमै बोलाउनुपर्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए।
Facebook Comments


























