वीरगञ्ज, बैशाख १७ । कारागार कार्यालय वीरगञ्जमा रहेका एक कैदीको मृत्यु भएको छ। वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ४८ वर्षीय दिपक ठाकुरको मृत्यु भएको हो।
दम रोगबाट पीडित उनको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको वीरगञ्ज कारागार कार्यालयले जानकारी दिएको छ।
उनी किर्ते मुद्वामा कैद काटिरहेका थिए।
Facebook Comments


























