बैशाख १४ । कोभिड १९ अर्थात कोरोना भाइरले गर्दा यतिबेला विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको छ। भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेका बेला टेलिग्रामले पनि यो वर्ष अर्थात सन् २०२० मा सुरक्षित ग्रुप भिडियो कलको सुविधा थप्ने भएको छ।
हालै टेलिग्रामका ४० करोड मासिक प्रयोगकर्ता भएपछि टेलिग्रामले सन् २०२० मा ग्रपु भिडियो कलको सुविधा थप्ने प्रतिज्ञा गरेको हो।
एक वर्ष भन्दा कम समयमै टेलिग्रामका ३० करोड मासिक प्रयोगकर्ताबाट ४० करोड मासिक प्रयोगकर्ता पुगेका छन्।
सुरक्षित इन्स्ट्यान्ट मेसेजिङ तथा भिओआइपी कलको सुविधा लिन दैनिक १५ लाख नयाँ प्रयोगकर्ताहरुले टेलिग्राम प्रयोग गरी रहेको कम्पनीले जनाएको छ। एजेन्सीको सहयोगमा
Facebook Comments


























