काठमाडौं, बैशाख १४ । बुलगेरियन विश्वचर्चित अपराध ड्रामा टेलिभिजन सिरिज ‘अन्डरकभर’ डिसहोममा प्रशारण हुने भएको छ। हिसहोमको च्यानल नं १०२ रियालिटि टीभीमा सो शो प्रसारण हुने भएको हो।
बुलगेरियन माफियाका गिरोहविरुद्ध प्रहरीको अन्डर कभर अपरेसनको कथा समेटिएको विश्वचर्चित यो सिरिज डिसहोमको रियालिटी शोमा हरेक आइतबार राति साढे ८ बजे प्रसारण हुँदै छ।
अन्डरकभर एक काल्पनिक आधुनिक अपराध शृंखला हो। जसले बुलगेरियन अन्डरवर्ल्डको वास्तविकतालाई चित्रण गर्छ।
Facebook Comments


























