बैशाख ११ । नुबियाले चीनमा ‘नुबिया प्ले फाइभ जी’ मोबाइल सार्वजनिक गरेको छ। नुबियाले गत महिना मात्रै गेमिङ फोन नुबिया रेड म्याजिक फाइभ जी सार्वजनिक गरेको थियो।
नुबिया प्ले फाइभ जी पनि गेमिङ फोन नै रहेको छ। यसमा १४४ हर्ज रिफ्रेस रेट रहेको छ। नुबियाको नयाँ फोनमा ६.६५ इन्च एमोलेड डिस्प्ले राखिएको छ। यसमा क्वालकम स्न्यापड्रयाग्न ७६५ जी सेभेन एनएम मोबाइल प्लाटफर्म प्रयोग गरिएको छ।
नुबिया प्ले फाइभ जी ४८ मेगापिक्सेल मेन क्यामेरा सहित ४ रियर क्यामेरा रहेको छ। यसको प्राइमरी क्यामेरामा सोनी सेन्सर प्रयोग गरिएको छ। साथै यस फोनमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ। यो फोन कालो, निलो र सेतो रङमा उपलब्ध रहेको छ।
नुबिया युआई ८ मा आधारित फोनमा एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको छ। फिंगरप्रिन्ट सेन्सर सहित ५१०० एमएएच ब्याट्रीको साथ यो फोन उपलब्ध रहेको छ।
यो ६ जीबी र्याम, ८ जीबी र्याम तथा १२८ जीबी र २५८ जीबी इन्टर्नल स्टोरेज रहेको छ। यस मोबाइलमा फास्ट चार्जिङको सुविधा पनि रहेको छ।


























