काठमाडौं, बैशाख ११ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई एकताको सहमति पत्र बुझाएका छन्। केहीबेर अघि दुवै दलका नेताहरूले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटालाई सहमति पत्र बुझाएका हुन्।
पत्र बुझ्दै सभामुख सापकोटाले भने, “फुट्नुभन्दा जुटेको राम्रो भो, लामो समयदेखिको प्रयास सफल भयो, तपाईंहरूलाई बधाइ छ।”
राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, केशव झा र समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठ, शिवजी यादव, फणिन्द्र देवकोटालगायतका नेताहरू उपस्थित थिए। उपेन्द्र यादव र शरतसिंह भण्डारी भने निर्वाचन आयोगमा सहमति पत्र बुझाएलगत्तै असन्तुष्ट नेता(कार्यकर्तासँग छलफल गर्न निस्केका छन्।
Facebook Comments

























