बैशाख ११ । अभिनेता अजय देवगन चलचित्र ‘रेड २’ मा देखिने भएका छन्।
चलचित्र साँचो घटनामा आधारित रहनेछ। यसअघि चलचित्र ‘रेड’मा अजय आइआरएस अफिसर अमय पटनायकको भूमिकामा देखिएका थिए।
चलचित्रका सह–निर्माता शुशनले चलचित्रको स्क्रिप्टमा काम भइरहेको र यो ठूलो फ्रेन्चाइज हुने भन्दै ‘रेड’ले कमाएको तारिफलाई अझै बढाउनु पर्ने दबबा रहेको बताए।
यसअनुसार अजय ‘रेड’को फ्रेन्चाइजको फेस पनि हुनेछन्। चलचित्रमा खुफिया एजेन्सीहरूसँग मिलेर काम गरिरहेका जनताको नजरमा रियल हिरोको खोजी हुनेछ। ‘रेड २’ पोसाक नलगाई अपराध नियन्त्रण गर्न सफल पुरुषहरूका लागि श्रद्धाञ्जलि स्वरूप रहेको छ।
‘रेड’ मा पनि अजय देवगन मुख्य भूमिकामा थिए। भने अभिनेत्री इलियाना डिक्रुज अजयको श्रीमतीको भूमिकामा थिइन्। एजेन्सी
Facebook Comments


























