काठमाडौं, बैशाख ११ । ‘लकडाउन’को कारण अन्य कलाकार झै अभिनेत्री अदीति बुढाथोकी पनि घरमै सिमित भएकी छन्।
निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्म ‘बेन्जो’ अभिनयका लागि लकडाउन हुनु केही दिन अगाडि मुम्बईबाट काठमाडौ आएकी उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहने गर्दछिन्।
इन्स्टाग्राममा नौँ लाख बढी फलोअर्स भएकी अदीतिले ‘हट एण्ड बोल्ट’ तस्बिर समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेकी छन्। यो कलडाउनको समय भने उनले घरभित्र र घरको छतमा खिचिएका तस्बिरहरु शेयर गरिरहेकी छन्। जुन तस्बिरमा उनी एकदम फिट देखिएकी छन्।
उनी आफु मात्र फिट रहने होइन। सबैलाई समय वर्कआट गरेर फिट रहन सल्लाह समेत दिँदै आएकी छन्। उनले वर्कआउट तस्बिरका साथ लेखेकी छन् ‘घरमा हरेक दिन वर्कआउट गर्ने कोसिस गर्नुहोस् र फिट रहनुस्। म ध्यान गर्न पनि सल्लाह दिन्छु।’
फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी अदीतिले केही समयको अन्तरालपछि नेपाली फिल्म ‘बेन्जो’ गर्न लागेकी हुन्। मुम्बईमा भने उनले म्युजिक भिडियोसमेत अभिनय गरिरकेकी छन्।


























