काठमाडौं, बैशाख १० । सरकारले जारी गरेको दुई विवादित अध्यादेशको विषयमा विपक्षी दलहरुबीच छलफल हुने भएको छ। छलफलबाट साझा धारणा बनाउन पहल गर्ने बताइएको छ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विपक्षी पार्टीहरुको बैठक बस्न लागेको हो।
सरकारले जारी गरेको अध्यादेश विरुद्ध साझा धारणा बनाउन बुधबार दिउँसो २ बजे विपक्षी दलहरुको बैठक बोलाइएको कांग्रेस सह महामन्त्री डा.प्रकाश शरण महतले बताए।
सरकारले जारी गरेको राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेशका विषयमा विपक्षमा रहेका दलहरुले छुट्टाछुट्टै माध्यमबाट विरोध गरिरहेका छन्। उनीहरुले सरकारको कदम गलत भएको बताएका छन्।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











