काठमाडौं, चैत्र ३० । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ। बाँकी रहेको सबै लाभकर एनसेलले आज बुझाएको हो।
यो भन्दा अगाडि एनसेलले पहिलो पटक गत पुसमा ४ अर्ब ५० करोड र दोस्रो पटक चैतमा ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको थियो।
सर्वोच्च अदालतले एनसेललाई २१ अर्ब १० करोड रुपैयाँ लाभकर तिर्ने गरी फैसला गरेको भएपनि ठुला करदाता कार्यालयले जरिवाना समेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन पत्र पठाएको थियो।
Facebook Comments


























