चैत्र ३० । रोजर्स कप महिला टेनिस प्रतियोगिता एक वर्ष पछि सरेको छ। आगामी अगष्ट तय प्रतियोगिता कोरोना भाईरसको कारण स्थगित गरिएको हो।
क्यानडाको मोन्टरियलमा हुने प्रतियोगिता अगस्ट ७ देखि १६ सम्म हुने बताईएको थियो। तर, कोरोनाको महामारी बढेपछि अब प्रतियोगिता २०२१ मा मात्र हुने भएको छ।
जुलाईमा तय भएको पुरुषको प्रतियोगिता यस अघि नै स्थगित भईसकेको छ। कोरोनाको कारण क्यानडामा ६ सय बढीको मृत्यु भईसकेको छ। यस्तै २३ हजार बढीमा संक्रमण देखिएको छ। एजेन्सी
Facebook Comments


























