चैत्र २८ । अष्ट्रेलियाका बलर प्याट कमिन्स बन्द रंशगालामा ईन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न तयार देखिएका छन्। उनले दर्शकलाई असुरक्षा महशुश हुने भए ढोका बन्द गरेर आईपीएल सञ्चालन गर्न सकिने विकल्प प्रस्तुत गरेका हुन्।
आईपीएलको यस सिजन मार्च २९ देखि अप्रिल १५ सम्म स्थगित छ। कोरोना भाईरसको कारण आईपीएलको निर्धारित मिति सारिएको हो।
तर भारतमा बढ्दो कोरोनाको प्रभावका कारण लकडाउनको समय अझै बढ्न सक्ने बताईएको छ। लकडाउनको समय बढेको अवस्थामा यस सिजनको आईपीएल रद्ध हुने सक्ने धेरैको अनुमान छ।
दर्शक बिनाको खेलमा आईपीएलमा सहयोग रहन्छ त भन्ने बीबीसीको प्रश्नमा कमिन्सले भनेका छन्, ‘निश्चित रुपमा। जुन कोशिश गरेपनि, क्रिकेट माथि उठ्छ । ठुलो खेल सुरक्षित रुपमा खेल्नपर्छ।’
ईङ्ल्याण्डको क्रिकेट समेत मे २८ सम्मका लागि स्थगित गरिएको छ। ईङ्ल्याण्डको पहिलो खेलको तालिका जुन ४ देखि सुरु छ।
कमिन्स टेष्ट क्रिकेटका शीर्ष तहका बलर हुन् र उनी यस बर्षका शीर्ष ५ बलर मध्यका एक हुन्। उनले कोलकत्ता नाईट राईडर्ससंग कीर्तिमानी १७ करोड रुपैयाँको सम्झौता गरेका छन्। उनी आईपीएल ईतिहासका सबैभन्दा महङ्गा बिदेशी खेलाडी समेत हुन्।
२६ बर्षका बलर कमिन्सले प्रतियोगिताका लागि आफु निकैनै उत्साहित रहेको बताउँदै आईपीएल चाँडै सुरु भएमा आश्चर्यजनक हुने टिप्पणी गरे।
‘पहिलो प्राथमिकता सुरक्षानै हो । दोस्रो कुरा भनेको सामान्य अवस्थामा फर्कनु हो र सन्तुलनको खोजी गर्नु हो।’ उनले भनेका छन्।
‘यदी दुर्भाग्यपूर्ण रुपमा मानिसहरु भएनन् भने भएनन् । तर आशा गरौ मानिस घर बसेर टिभीमा हेर्न सकुन।’ उनले थपे।
‘यस पटक भिन्न तरिकाको अनुभव हुनेछ। मानिसले भारतमा क्रिकेट खेल्ने बीचको अन्तर सोध्ने क्रममा पहिलो कुरा दर्शक हुने गर्दथ्यो।’ कमिन्सले भनेका छन्।
उनले भारतमा क्रिकेट खेल्दा दर्शकले फरक पार्ने बताउँदै केही समयका लागि हरेक टिमले सो कुराको अभाव महशुश गर्ने उल्लेख गरे। पुर्व निर्धारित तालिका अनुसार आईपीएल मे २४ मा समापन हुने उल्लेख गरिएको थियो। एजेन्सी


























