चैत्र २८ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ।
भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ। भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ।
भारतमा संक्रमितमध्ये ६३५ जना उपचारपछि निको भएका छन्। ५ हजार ८८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार ११० जनाको मृत्यु भएको छ। त्यसैगरी चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने टर्कीमा ९ सय ८ जनाले ज्यान गुमाएका छन्।
इन्डोनेसियामा २८० जनाले ज्यान गुमाउँदा भारतमा २२७ जनाको मृत्यु भएको छ। भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ। एजेन्सी


























