चैत्र २६ । चिनिया स्मार्टफोन मेकर शाओमीले केही समय अगाडिदेखि १४४ मेगापिक्सल क्यामेरामाथि काम गरिरहेको छ। यसैबीच शाओमीले यो भन्दा बढी मेगापिक्सलको क्यामेरावाला स्मार्टफोन पनि सार्वजनिक गर्नसक्ने जानकारी गराइएको छ।
रिपोर्टका अनुसार चिनिया स्मार्टफोन मेकर शाओमीले अर्को स्मार्टफोन मेकर कम्पनी सामसुङसँग मिलेर स्न्यापड्रागन ७६५ जी प्रोसेसरवाला नयाँ स्मार्टफोनमाथि काम गरिरहेको छ। यस स्मार्टफोनमा सामसुङको १९२ मेगापिक्सलको प्राइमरी क्यामेरा दिइनेछ।
तर, टिपस्टारले यस नयाँ स्मार्टफोनको बारेमा धेरै जानकारी भने दिएको छैन। रिपोर्टका अनुसार यस नयाँ स्मार्टफोन अर्को महिना सार्वजनिक हुनसक्नेछ।
यस अगाडि पनि शाओमीले सामसुङसँग मिलेर १०८ मेगापिक्सलको क्यामेरा सेन्सर बनाएको थियो। खुसीको कुरा यो छ कि, १९२ मेगापिक्सलवाला उक्त स्मार्टफोन फ्लैगशीप सिरिजको हुनेछैन, किनभने यसमा मिड रेञ्ज प्रोसेसर ७६५ जी दिइनेछ।
साथै यस स्मार्टफोनको मूल्य पनि धेरै नहुने बताइएको छ। कम्पनीले यसलाई प्रिमियम मिड रेञ्ज स्मार्टफोनको रुपमा सार्वजनिक गर्नसक्नेछ।
रिपोर्टका अनुसार शाओमीको अलवा सामसुङले पनि १५० मेगापिक्सल सेन्सरमाथि काम गरिरहेको छ। उक्त सेन्सरलाई शाओमीले आफ्नो नयाँ स्मार्टफोनमा प्रयोग गर्नसक्ने बताइएको छ।
१५० मेगापिक्सल सेन्सरको साथमा यसै वर्ष शाओमीले अर्को नयाँ स्मार्टफोन पनि सार्वजनिक गर्नसक्ने बताइएको छ। बजारमा शाओमीको १०२ मेगापिक्सल प्राइमरी क्यामेरावाला स्मार्टफोन उपलब्ध छ।


























