काठमाडौँ, चैत्र १२ । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार बिहान ८ बजेसम्ममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ३०२ सवारी साधनलाई नियन्त्रणमा लिएको हो।
अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाएर घरतर्फ नै फर्काएको जनाएको छ।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको छ।
Facebook Comments