असार २७ । टर्कीले विश्व प्रशिद्ध संग्रहालयलाई मस्जिदमा परिणत गरेको छ। स्थानबुलको विश्व प्रशिद्ध हागिया सोफिया संग्रहालयलाई मस्जिदमा परिणत गरिएको हो। ठूलो चर्चका रुपमा स्थापना भए पनि पछि त्यसलाई संग्रहालय बनाइएको थियो।
तर अहिले राष्ट्रपति रिसेप तैयप एर्डोगानले संग्रहालयलाई मस्जिदमा परिणत गरिएको घोषणा गरेका हुन्। अदालतले संग्रहालयको हैसियत रद्द गरे लगत्तै राष्ट्रपतिको घोषणा आएको हो।
१५ सय वर्ष पहिले इसाई चर्चका रुपमा स्थापित हागिया सोफियालाई सन् १४५३ मा मस्जिदमा परिणत गरिएको थियो। त्यसपछि सन् १९३४ मा संग्रहालय बनाइएकोमा फेरि मस्जिद नै भएको हो। अहिले सो क्षेत्र युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको छ।
मस्जिद बनाउने निर्णयको विश्वव्यपी रुपमा आलोचना भइरहे पनि राष्ट्रपति एर्डोगानले त्यसको बचाउ गरिरहेका छन्। एजेन्सी
Facebook Comments


























