काठमाडौं, चैत्र १० । चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ।
सोमबार सुनुवाई समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। गत फागुनमा सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उनको ठाउँमा नेकपा नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि अब पाण्डेलाई राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ। रासस
Facebook Comments


























