बोगटा, चैत्र १० । कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ। यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२ जनालाई अस्पताल भर्ना गरिएको कानून मन्त्री मार्गारिता क्याबोलोले आइतबार बताएकाछन्।
‘आज देशका लागि अत्यन्त कष्टकर दिन भएको र गत राती ला मोडलो कारागारबाट ठूलो अपराधिक समूह भाग्न खोज्दा २३ को मृत्यु भएको छ।’ क्याबोलोले बताएकाछन्। जेलका सात गार्डसहित जेल संस्थानका अधिकारी पनि घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको क्याबोलाले बताएकाछन्।
शनिबार राती पनि कोलम्बियाका अन्य धेरै जेलहरूमा दङ्गा फैलिएको र कोरोना भाइरसको सङ्क्रमणको कारण जेलबाट छुट्नु पर्ने कैदीहरुको माग रहेको मन्त्रीले बताएकाछन्। त्यहाँबाट कोही पनि भाग्न नसकेका एउटा आपराधिक योजना असफल भएको मन्त्रीले जानकारी दिएकाछन्।
जेलमा कोरोना भाइरस सम्बन्धि कुनै समस्या नभएको र हालसम्म सङ्क्रमणको कुनै व्यक्ति नभेटिएका पनि मन्त्रीले बताएकाछन्। कैदी प्रशासक वा गार्ड कोहि पनि भाइरस सङ्क्रमणको कारण छुट्टिएर नबसेको उनले बताए।