चितवन, चैत्र १० । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चितवन जिल्लालाई पनि लकडाउन गरिने विषयमा छलफल भइरहेको छ।
चितवनलाई तत्काल आज वा भोली लकडाउन गर्ने निर्णय गरेको चितवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुगंले जानकारी दिइन्। यस विषयमा जिल्ला प्रशासन कार्यालयसंग छलफल भईरहेको जानकारी दिईन्।
अब अन्य जिल्लाबाट चितवनमा निजी सवारी साधन पनि प्रवेश गर्न पाउने छैनन्। यसबीचमा मालवाहक सवारी साधन, ग्यास तथा तेलका ट्याङ्कर चाहिँ जान पाउने छन् ।