काठमाडौं, चैत्र १० । नेपाली कांग्रेसका नेता तथा प्रतिनिभिसभा सांसद गगन थापाले सरकारको कोरोना कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्ने सुझाव दिएका छन् । सोमबार बिहान ट्विटरमार्फत थापाले सरकारलाई सबैले सक्दो सहयोग आह्वान गरेका छन् ।
सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। थापाले ट्टिरमा लेखेका छन ‘जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’
सरकारले पनि विपदमा कुनै नागरिकलाई अप्ठेरो पर्न दिँदैनौ भनी आश्वस्त पार्नुपर्ने धारण थापाले व्यक्त गरेका छन् ।
थापा पूर्व स्वास्थ्यमन्त्री समेत हुन्।
आइतबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष बनाउने र त्यसमा सरकारले ५० करोड राख्ने निर्णय गरेको थियो । मन्त्रीहरुले मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्नेसमेत निर्णय गरेका थिए।